उरुग्वेको सबैभन्दा ठुलो दुग्ध उत्पादक सहकारी सङ्कटमा

  • भदौ २९, २०७५

उरुग्वेको सबैभन्दा ठुलो दुग्ध उत्पादक सहकारी कोनेप्रोल (कोअपरेटिभ नेशनल दि प्रोडक्टर दि लिचि) मा यसको निर्माता मालिक र कर्माचारीहरु बीच विवाद समाधान पत्ता लगाउन संघर्ष चलेको छ ।

अहिले उत्पादकहरु उच्च आम्दानीका लागि सहकारीको बोर्ड र प्रवद्धकलाई दबाब दिइरहेका छन् भने कर्मचारी परिषदले तलब वृद्धिका लागि माग गरेका छन् । उरुग्वेको प्रमुख चिज खरिदार भेनेजुलाले माग कम गरेपछि सङ्कट उत्पन्न भएको हो । भेनेजुलाले कोनेप्रोलका केही उत्पादनको मूल्य तिर्न असफल भएको थियो । दुधको विश्वव्यापि मूल्य गिरावटले यहाँको डेरी क्षेत्रलाई पनि असर पारेको छ ।

कोनेप्रोल देशको मुख्य निर्यातक हो र यसको उत्पादनको लगभग ७५ प्रतिशत विदेश जान्छ । तर २०१५ मा सहकारीले ६ महिनासम्म केहिपनि निर्यात गर्न सकेको छैन । सहकारीले उत्पादकको लागतको ३९ मिलयन पेसो (नेपाली लगभग २४ करोड रुपैँया) गुमाएको छ भने हड्तालका कारण सहकारीले अझ लाखौँ गुमाएको छ ।

कर्माचारीहरुले दैनिक साढे ५ घण्टा र हप्ताको ६ दिन काम गरेर मासिक ५७ हजार पेसो कमाउछन् । अर्कातिर लगभग १ हजार आपूर्तिकर्ताहरु विशेषगरी कृषकहरुले मासिक ३१ हजार पेसो कमाउछन् जसमा प्राय अन्य व्यक्तिलाई कर्माचारी राखेको खर्च र खेतीलाई लाग्ने खर्च समावेश हुन्छ । लगभग ४ सय उत्पादकहरुको सहकारीबाट आउने आम्दानि भन्दा बढी खर्च हुन्छ र लगभग ३ सय भन्दा बढीको दुई वर्षदेखि भुक्तानि गरिएको छैन । उनीहरु ऋणमा छन् ।

कोनेप्रोलले दुध उत्पादकलाई बजारमा सबैभन्दा बढी मूल्य १०.४ प्रति लिटर दिने भएपनि केही उत्पादकहरु उत्पादन स्तर समान राखेर छन् भने केहीले छोडी सकेका छन् । तथापि राष्ट्रिय स्तरमा लगभग १ सय जना डेरी किसानहरुले पछिल्लो समयमा डेरी छोड्ने निर्णय गरेका छन् ।

सहकारीका अध्यक्षका अनुसार संस्थाको मार्जिनले उत्पादक तथा अन्य कर्माचारीलाई भुक्तनि गरेको मूल्य बढाउन मिल्दैन । कामदारहरुले वरिष्ठ कर्मचारीका लागि बोनसमा १३ प्रतिशतले वृद्धि, छुट्टि नितिमा परिवर्तन र तलबको पून समीक्षा गर्नुपर्ने माग राखेका छन् । जबसम्म ट्रेड युनियनले तिन वर्षसम्म शान्ति सम्झौतामा हस्ताक्षर गर्दैन तबसम्मका लागि सहकारीले यी पक्षमा परिवर्तन गर्न अस्वीकार गरेको थियो  । सहकारीले वरिष्ठ कर्मचारीले अन्य कामदारभन्दा १० गुणा बढी प्राप्त गरेको तर्क राखेको छ ।

कोनेप्रोेल उरुग्वेका २५ हजार कृषिकको स्वामित्वमा रहेको राष्ट्रिय दुग्ध उत्पादक सहकारी हो । यसले विगत ४ वर्षदेखि प्रति लिटर दुधमा समान मूल्य पाएको छ । सहकारीमा यसको ३५ हजार कर्माचारिले विगत ४ वर्षमा आफ्नो तलबको ३४ प्रतिशतसम्म बढेको देखेका छन् । ४ वर्षको तुलनामा जनावरीसम्म यो वृद्धिदर ५० प्रतिशत पुग्नेछ ।
कुप न्यूज

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू