सहकारीमैत्री प्रदेश ऐन बनाउन सहकारी महासंघको आग्रह

  • अशोज १, २०७५

राष्ट्रिय सहकारी महासंघ नेपालले सातैवटा प्रदेशलाई सहकारी मैत्री प्रदेश सहकारी ऐन निर्माण गर्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै महासंघले महासंघको सुझाव अनुरुप भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नमूना प्रदेश सहकारी ऐनको मस्यौदा तर्जुमाका लागि कार्यदल गठन गरेको जनाएको छ । त्यस्तै निर्माण भएका कतिपय सहकारी ऐन संघीय सहकारी ऐन २०७४ सँग बाँझिएको हुँदा उक्त बुँदाहरुलाई संसोधनका लागि महासंघले सम्बन्धित क्षेत्रलाई अनुरोध गरेको छ ।

सहकारी संघ संस्थाहरुको प्रवद्र्धन र प्रभावकारी नियमनका लागि सहकारी महासंघले सातैवटा प्रदेशमा सहकारी विभाग र ७ सय ५३ वटै स्थानिय तहमा सहकारी डेस्कको व्यवस्था गर्न ध्यानाकर्षण पनि गराएको छ । महासंघले सहकारी क्षेत्रको विकासमा तत्काल कार्यान्वयन गर्नुपर्ने कार्यहरुबारे १५ बुँदे सुझाव प्रधानमन्त्री केपी शर्मा ओलि र सरोकारवाला संस्थाहरुलाई समेत बुझाएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू