रोयल सहकारीको २१ औँ वार्षिक साधारणसभा सम्पन्न

  • अशोज ४, २०७५

रोयल बहुउद्देश्य सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

काठमाडौँको बसुन्धारास्थित सहकारीले साधारणसभाका अवसरमा डेरी उद्योग स्थापना गर्ने जनाएको छ । संस्थाले ३ करोड लगानीमा छिट्टै नै ‘रोयल डेरी उद्योग’ स्थापना गर्ने जनाएको हो । संस्थाको आर्थिक वर्ष ०७४/०७५को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भानुभक्त ढकालले दुई चरणमा सहकारी अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष ढकालले पहिलो चरणमा सदस्यहरुले उत्पादन गरेको दुग्ध पदार्थ उत्पादन तथा बिक्रि वितरण गर्ने साथै संस्था आफैले पशुपालन गरी दुध उत्पादन क्षमता वृद्धि गरी सहकारीले उपभोक्ता र उत्पादकलाई जोड्ने बताउने भयो । उहाँले यसले विचौलियाको समस्या पनि हट्ने बताउनुभयो ।

यस्तै संस्थाले दास्रो चरणमा बहुउद्देश्य भवन निमार्ण गरी देशभरका कृषि सहकारी तथा कृषक समुहमार्फत उत्पादन भएका कृषि उपजको व्यवस्थापन गर्न सहकारीले ‘रोयल कृषि सहकारी बजार’ स्थापना गर्ने जानकारी दिनुभयो । अधयक्ष ढकालले संस्थाले विभिन्न उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको पनि व्यक्त गर्नुभयो ।

साधारणसभाका अवसरमा अध्यक्ष ढकालले संस्थाले लघुवित्त कार्यक्रमलाई प्राथमिकता दिँदै काठमाडौँ उपत्का लगायत नुवाकोट जिल्लाको समेत गरी ३ सय ७५ लघुवित्त सेवाकेन्द्र मार्फत ४ हजार २ सयजना महिला सदस्यलाई आवद्ध गराएको बताउनुभयो । साथै आगामी दिनमा ५ हजार महिलाहरुलाई आवद्ध गराउन प्रतिवद्ध रहेको पनि व्यक्त गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू