सहकारी एन.जि.ओ/आइ.एन.जि.ओ जस्तो भएको छ : सचिव मैनाली

  • अशोज ४, २०७५

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले धेरै सहकारीहरु कम्पनिका रुपमा चलेको बताउनु भएको छ ।

रोयल बहुउद्देश्य सहकारी संस्था लिमिटेडको २१ औँ साधारणसभामा बोल्दै सचिव मैनालीले यस्तो बताउनु भएको हो । सचिव मैनालीले सहकारी एन.जि.ओर र आइ.एन.जि.ओ जस्ता पनि भएको बताउनुभयो । धेरै सहकारीहरुले सहकारीको मूल्य मान्यता पालना गरेका नगरेको र कम्पनिका रुपमा चलेको बताउदै सचिव मैनालीले सहकारी साहुकारी भएको व्यक्त गर्नुभयो ।

सचिव मैनालीले आर्थिका विकासका लागि निजी, सार्वजनिक र सहकारी तीनवटै बलिया खम्बा नभई संविधानमा तीनवटा क्षेत्रको भूमिकामात्र उल्लेख गरेको दाबी गर्नुभयो । सहकारी बिस्तारको क्रममा भएकाले निजी क्षेत्र जस्तो बलियो बन्न सहकारीले पनि साना साना शिप र सम्भावनाहरुलाई उपयोग गरेर सम्वृद्ध नेपाल बनाउन अघि बढ्नुपर्ने बताउनु भयो ।

यसमा राज्यको भूमिकाको अपेक्षा बिनानै सहकारीले आत्मनिर्भर र अनुशासित भएर अघि बढ्नु पर्ने उहाँको भनाई थियो । वर्तमान सहकारी ऐनले सहकारीलाई व्यवस्थित गर्न धेरै प्रावधानहरु ल्याएको हुनाले सहकारीको लगानीको क्षेत्र पनि प्रष्ट तोकिदिएको उल्लेख गर्नुभयो । ऐनले सहकारीलाई सहकारी बनाउन खोजेको पनि उहाँले व्यक्त गर्नुभयो ।

स्थानिय तीवटै तहमा सहकारीलाई व्यस्थित गर्ने मुख्य जिम्मेवारी भएको हुनाले यसलाई प्रवद्र्धन र विकासका लागि स्थानिय तहले भूमिका खेल्नु पर्ने बताउनुभयो । संस्थाले सदस्य शिक्षामा जोड दिनुपर्ने र सदस्य जागरुक हुनुपर्ने उहाँको भनाई थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू