कोअपरेटिभ डिप्लोमा कोर्षका सहभागीलाई विदाई

  • अशोज १५, २०७५

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले डिप्लोमा कोर्षमा सहभागी हुने टोलीलाई विदाई गरेको छ ।

महासंघले भारतीय राष्ट्रिय सहकारी संघले संचालन गरेको कोअपरेटिभ डिप्लोमा कोर्षमा सहभागी तीनजनालाई विदाई गरेको हो । डिप्लोमा कोर्ष गर्नेमा यसपटक स्वनिल श्रेष्ठ, अनुशाा श्रेष्ठ र अबधकुमार ठाकुर रहनु भएको छ ।

विदाई कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले डिप्लोमा गर्नेले सहकारीलाई जीवनको एउटा महत्वपूर्ण अंकका रुपमा हेर्ने गरेको आफूले पाएको बताउनुभयो । उहाँले अनुशासित भएर नेपालको गौरव बढाउनेगरी सहभागी हुनका लागि आग्रह समेत गर्नुभयो । त्यसैगरी महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले ३ महिने कोर्ष गरेपछि सहकारीको विषयमा दक्षता हासिल हुने बताउँदै सहकारीमा करियर बनाउनेका लागि कोर्ष महत्वपूर्ण भएको बताउनुभयो ।

त्यस्तै महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी, बलदेव कुमार पौड्याल र काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका संचालक रमिला श्रेष्ठ शाक्यले समेत आवश्यक जानकारी दिनुभएको थियो । उहाँहरुले यसअघि यस डिप्लोमा कोर्ष लिइसक्नु भएको छ ।

राष्ट्रिय सहकारी महासंघले प्रत्येक वर्ष कोअपरेटिभ डिप्लोमा कोर्षका लागि नेपालबाट सहभागी पठाउने गर्दछ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू