अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदै सहकारी बैँक

  • अशोज १६, २०७५

दुई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय कार्यक्रममा राष्ट्रिय सहकारी बैँकले सहभागीता जनाउने भएको छ ।

बैँकले CICTAB आयोजनामा ३ देखि ६ अक्टूवर २०१८ सम्म भारतको गुडगाँउमा संचालन हुन् गैइरहेको International Programme on Agricultural & Rural Development Through Cooperative Business Model कार्यक्रम र अन्तराष्ट्रिय विकास संस्था (IDI) को आयोजनामा ७ देखि १३ अक्टूवरसम्म ComfortInn University Center, Washington America मा संचालन हुन् गैरहेको Banking Leadership Program कार्यक्रममा सहभागी हुने भएको हो ।

CICTAB ले आयोजना गरेको कार्यक्रममा बैंकको तर्फबाट सहायक अधिकृत कर्मचारी कृष्ण रावल सहित बैंकको सदस्य संस्थाहरु बालकुमारी साकोबवाट सूर्यलाल श्रेष्ठ र देवकृष्ण श्रेष्ठ, लहान पब्लिक साकोसबाट रिना कुमारी यादव, पिपुल्स साकोसबाट निर्मला न्यौपाने गरी ५ जना प्रतिनिधिहरुले सहभागिता जनाउनेछन् । कार्यक्रममा कृषि र ग्रामिण विकास सम्बन्धमा रहेका बृहत विषयबस्तु बारे तालिम हुनेछ ।

त्यस्तै, अन्तराष्ट्रिय विकास संस्था (IDI) ले आयोजित कार्यक्रममा बैंकको तर्फबाट बैंकका सदस्य संस्थाबाट १६ जना प्रतिनिधिहरुले यस कार्यक्रममा सहभागिता जनाउनेछन् । कार्यक्रममा आधुनिक सहकारी बैंकिंग प्रणाली, सहकारी बैंकिंगमा भएका नवीनतम प्रयोग र प्रविधि, सहकारीमा निहित जोखिम र यसको नियमन, विश्वमा भएका आधुनिक सहकारी सिद्धान्त र प्रयोग लगायत अबलोकन भ्रमण समेत गरी बृहत विषयबस्तु वारे तालिममा छलफल तथा प्रस्तुतिहरु हुनेछन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू