जनउत्थान सहकारीको पूँजि १ अरब ७ करोड

  • अशोज २१, २०७५

बाग्लुङ स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७४/७५को आय÷व्यय कारोबार विवरण पारित गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको ४ करोड ३८ लाख २८ हजार नौ सय ९९ रुपैँया कारोबारको आय/व्यय विवरण सर्वसम्मत पारित गरेको हो । संस्थाको १३ औँ वार्षिक साधारण सभाका अवसरमा आफ्नो कारोबारको आय/व्यय विवरण पारित गरेको हो ।

साधारण सभामा ७ वटा क्षेत्रबाट १२ हजार शेयर सदस्यहरुबाट निर्वाचित भएर आएका १ हजार ७३ जना साधारण सभा प्रतिनीधिहरुको सहभागिता रहेको थियो । साधारण सभाले नीलप्रसाद पुनको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको चयन पनि गरेको छ । सदस्यहरुमा विष्णुमाया शाही र अनिता भारती निर्वाचित हुनु भएको छ ।

संस्थाको अध्यक्ष ज्ञानु पौडयालको अध्यक्षता र संस्थाको शेयर सदस्य तथा जिल्ला निर्वाचन कार्यालय प्रमुख अयोध्या प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष गिरी प्रसाद पुनले गर्नु भएको थियो भने कार्यक्रमको संचालन व्यवस्थापक रनबहादुर थापाले गर्नु भएको थियो ।

३१ जनाले सय/सय रुपैँया उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट सुरु भई २०६२ पौष १ गते स्थापित संस्थाको स्थापनाको १३ वर्षमा करिब १२ हजार सदस्यहरुबाट १ अरब ७ करोड पूँजि संकलन गरेकोे छ । संस्थाले सामाजिक कृयाकलापमा ६ लाख ६८ हजार दुई सय ६१ रुपैँया खर्च गरेको छ । त्यस्तै सदस्यहरुको सहकारी शिक्षामा मात्रै २५ लाख ५४ हजार नौं सय ३१ रुपैयाँ खर्च गरेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू