सीतापाईला सहकारीद्वारा दुई सय ५० जेष्ठ नागरिक सम्मानित

  • अशोज २२, २०७५

काठमाडौँको सीतापाईला स्थित सीतापाईला बहुउद्धेश्यीय सहकारीले दुई सय ५० जना जेष्ठ नागरिकलाई दशैं खर्च सहित सम्मान गरेको छ ।

संस्थाले स्वयम्भूमा अवस्थित होटल च्वाईस आयोजना गरेको जेष्ठ नागरीक भेलामा जेष्ठ नागरिकलाई सम्मान गरेको हो । कार्यक्रममम नार्गजुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले भेलाको उद्घाटन गर्नु भएको थियो । भेलालाई सम्वोधन गर्दै मेयर बस्नेतले सहकारीको सम्मानले जेष्ठ नागरिक तथा समाजका विभिन्न पेशामा संलग्न नागरिकहरुको संरक्षण भएको उल्लेख गर्नुभयो । उहाँले सहकारीले जेष्ठ नागरिकहरुको सम्मानमा गरेको कार्यक्रमको प्रशंसा गर्दै भोलि आफूहरु पनि जेष्ठ नागरिक हुनुपर्ने कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष केदार मानन्धरले ७ हजार सदस्य रहेको सीतापाईला सहकारीले २ सय ५० जना जेष्ठ नागरिक सदस्यहरुलाई दशैँको उपलक्ष्यमा सम्मानको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सम्मान कार्यक्रममा ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई उनीहरुले जम्मा गरेको रकमको एक प्रतिशत नगद प्रदान गरिने उहाँले बताउनुभयो ।

विश्व सहकारीको उदाहरण दिंदै अध्यक्ष मानन्धरले अमेरिकामा प्रत्येक पाँच जनामा एक जना सहकारीको सदस्य हुने गरेको, भारतको गुजुरातमा कुनै पनि राजनीतिक दलको नेता बन्न पहिले सहकारीको सदस्य बन्नुपर्ने बाध्यात्माक अवस्था रहेको तर नेपालमा सहकारीलाई बुझाउन नसकिएको व्यक्त गर्नुभयो । उहाँले नेपालमा सहकारीले शिक्षा तथा स्वास्थ्यमा ठुलो योगदान गर्नुपर्ने भनाई राख्नुभयो ।

जेष्ठ नागरिक भेलामा जेष्ठ नागरिक सदस्यहरुका लागि चिठ्ठाको समेत व्यवस्था गरिएको थियो । चिठ्ठा कार्यक्रममा एक सयको रुपैंयाको रिचार्ज ८ जनाले, २ सयको रिर्चाज दुई जनाले र ५ सयको रिचार्ज कार्ड एक जनाले जितेका थिए । अध्यक्ष मानन्धरका अनुसार सीतापाईला सहकारीको जेष्ठ नागरिक खाताबाट जेष्ठ नागरिकहरुले हरेक महिनामा ब्याज निकालेर चलाउन पाउने व्यवस्था समेत गरिएको छ ।

कार्यक्रममा ‘सीतापाईला एप्स’ समेत सार्वजनिक गरेको छ । एप्समा खातामा रहेको नगद हेर्न मात्रै नभएर पैसा ट्रान्सफर गर्न सकिने सुविधा समेत रहेको छ । परिवारका सदस्यलाई पैसा चाहिएमा खातावालाले एस.एम.एस गरेपछि परिवारका जुनसुकै सदस्यले पनि पैसा निकाल्न सक्ने अध्यक्ष मानन्धरले बताउनुभयो । ‘सीतापाईला एप्सको सुविधा २४ सै घण्ट खुल्ला रहनेछ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू