सहकारी विषयक अन्तरक्रिया तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

  • अशोज २६, २०७५

राष्ट्रिय सहकारी बैंक लिमिटेड ठिमी शाखा समन्वय उप–समितिको आयोजनामा भक्तपुर जिल्लामा भएका सहकारी संघ तथा विषयगत संघका पदाधिकारीहरु बीच अन्तरक्रिया तथा शुभकामना आदनप्रदान कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

सहकारी बैंक ठिमी शाखा समन्वय उपसमितिकले सहकारी क्षेत्रका समसामयिक विषयमा अन्तरक्रिया तथा नजिकै आउंदै गरेको विभिन्न चाडपर्वहरुको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै ठिमी शाखा समन्वय उपसमितिका संयोजक केदार खड्काले सहकारी बैंक र जिल्लाका संघहरुको समन्वयमार्फत सहकारी क्षेत्र र स्थानिय सरकारका योजना अनुरुप विवीध कार्यक्रम गर्ने सोच भएको बताउनुभयो ।

त्यस्तै बैंकका प्रबन्ध संचालक के.वी. उप्रेतिले बैंकका सेवावाट सहकारी संघ/संस्थाहरुले कसरी लाभ प्राप्त गर्न सक्छन भन्ने सम्बन्धमा विस्तृतमा आफ्नो भनाई राख्दै नाजिकिदै गरेका चाडपर्वको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सहकारीलाई चाहिएको हरेक वित्तीय आवश्यकता पूरा गर्न सहकारी बैंक प्रतिवद्ध रहेको समेत बताउनु भयो । यसैगरी नेफ्स्कुनका अध्यक्ष डी.बि. बस्नेतले सहकारीको पैसा सहकारीमा नै राख्ने र सहकारी मार्फत नै फेरी सहकारीमा नै लगानी गर्ने अवस्था सिर्जना गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रमका अवसरमा बैंकका संचालक सरिता भट्टराईले सहकारी संघहरुको प्रवर्धन गर्दै दिगो वनाउने तथा तिनै संघमा आवद्ध प्रारम्भिक संस्थाहरुको वित्तिय कारोबार तथा प्रवर्द्धनात्मक क्रियाकलापमा सहकारी बैंकले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बैंकका ठीमी शाखा प्रमुख सविना श्रेष्ठले सहकारी बैंक ठीमी शाखाको कारोबार र वर्तमान गतिविधीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

ठिमी शाखा समन्वय उपसमितिका संयोजक केदार खड्काको अध्यक्षता, बैंकका प्रवन्ध संचालक केवी उप्रेतीको प्रमुख अतिथ्यता, नेफ्स्कुनका अध्यक्ष डिवी वस्नेतको विशेष अतिथ्यतामा, वैंकका संचालक सरिता तिमल्सिना भट्टराई, जिल्ला कृषि सहकारी संघ अध्यक्षका सनिस लागेजु, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सानुमान लामा, जिल्ला सहकारी संघका लेखा समिती सदस्य, व्यवस्थापक लगायत विषयगत संघहरुका संचालक समिती तथा लेखा समिती सदस्यहरुको आथित्यता तथा सहकारी वैंक व्यवसाय प्रवद्र्धन केन्द्रिय उप–समितीका सदस्य वालमुकुन्द सुवाल र बैंकका सहायक महाप्रबन्धक हरिकृष्ण सापकोटा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागी प्रतिनिधिबाट सहकारी नियमावली, प्रदेश सहकारी ऐन र स्थानिय सहकारी ऐन नबनेकोप्रति असन्तुिष्ट व्यक्त गर्दै सहकारी बैंक र जिल्लामा भएका सहकारी संघहरुको अगुवाईमा सम्वन्धित निकायमा सीघ्र पहल गर्न अनुरोध गरेका थिए । भक्तपुर जिल्ला बहुउद्देश्यीय संघका सचिव देवराज न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रम ठीमी स्थित अन्पूर्ण बहुमुखी सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू