प्रथम साकोस जोखिम विश्लेषण कार्यशाला पोखरामा सम्पन्न

  • कार्तिक १५, २०७५

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा प्रथम साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न भएको छ ।

संघको नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालय र सहकारी विभागको सहयोगमा बुधबार पोखरामा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा पोखरा महानगरपालिका ८ का अध्यक्ष रुद्रनाथ बरालले सहकारीलाई राज्यको स्थानीय स्तरबाट दिईने सुबिधामा कुनै कञ्जुस्याँई नहुने कुरा प्रष्ट पार्नुभयो ।

यस्तै संघका सञ्चालक सदस्य एवं प्रदेश नं. ४ का संयोजक भिम गुरुङले सहकारी संस्थाहरु जोखिमबाट बची संस्थागत सुदृढीकरणमा लाग्नुपर्ने विषयमा प्रष्ट पार्दै जोखिम न्युनीकरणको लागि नेफ्स्कूनको कार्यक्रममा आवद्ध हुन सम्पूर्ण सहभागी साकोस प्रतिनिधिहरुलाई आह्वान गर्नुभयो । कार्यशालामा संघका सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रशिक्षण गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापन सहयोग संघका पोखरा फिल्ड कार्यालय ईन्चार्ज जगनाथ लामिछाने र कार्यक्रम अधिकृत नवराज काफ्लेले गर्नुभएको थियो ।

कार्यशालामा उपस्थित अतिथिहरु र पोखरा महानगरपालिका वडा नं. ८ र १७ बाट गरी २६ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु सहित ५२ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू