मित्याल सहकारीलाई सहयोग स्वरुप मिनी एक्साभेटर र हाइड्रोलिक रक ब्रेकर

  • कार्तिक ३०, २०७५

मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीलाई सहयोग स्वरुप उपलब्ध गराएको एसके३५एसआर–६ मोडलको एउटा कोबेल्को मिनी एक्साभेटर र एउटा हाइड्रोलिक रक ब्रेकर बिहिबार हस्तान्तरण गरिएको छ ।

कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेड जापान र कोबेल्को कन्सट्रक्सन इक्विप्मेन्ट इन्डिया प्रालिले दुईवटा जापानी कम्पनीहरु तोहोकु कुरोसावा केन्सेत्सु कम्पनी प्रालि र हासिमोतो केन्की कम्पनी लिमिटेडको मिनी एक्साभेटर र हाइड्रोलिक रक ब्रेकर सहकारीलाई सहयोग स्वरुप उपलब्ध गराएको हो । ती कम्पनीहरुले नेपालमा परोपकारी कार्यका लागि ती उपकरणहरु निःशुल्क उपलब्ध गराएका हुन् ।

ताहोकु कुरोसावा केन्सेत्सु कम्पनी लिमिटेड जापानको निर्माण कम्पनी हो । कम्पनीका सिइओ मासायुकी सातोले नेपालमा किन्डरगार्टन स्थापना र पानी आपूर्तिसम्बन्धी काम सहयोगको रुपमा गर्दै आउनु भएको छ । नेपाली समाजलाई थप योगदान होस् भनेर सातो र उहाँको कम्पनीले एक थान कोबेल्को मिनी एक्साभेटर एसके३५एसआर–६ प्रदान गरेको हो ।

मिनी एक्साभेटरका अलाबा हासिमोतो केन्की कम्पनी लिमिटेडले सोही एक्साभेटरमा लाग्ने एक थान हाइड्रोलिक रक ब्रेकर पनि निःशुल्क उपलब्ध गराएको छ । कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेडले उक्त मेसिनको ढुवानी र भन्सारसम्वद्ध खर्च बेहोरेको जनाएको छ ।

अहिले नेपालमा सात सयभन्दा बढी कोबेल्को एक्साभेटर सञ्चालनमा छन, जसलाई पूजा कन्सट्रक्सन नेपाल प्रालिले सहयोग गरेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू