नेडाकको उपाध्यक्षमा सहकारी बैँकका के.बी. उप्रेती निर्वाचित

  • कार्तिक ३०, २०७५

राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध संचालक के.बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (NEDAC) को कार्यकारी समितिको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

प्रबन्ध संचालक उप्रेती भारतमा सम्पन्न (NEDAC) को साधारण सभामा सहकारी बैंकको तर्फबाट निर्विरोध निर्वाचित हुनु भएको हो । राष्ट्रिय सहकारी विकास निगम (NCDC) भारतको आयोजनामा National Academy of Agriculture Sciences, NASC Complex, DPS Marg, Pusa, मा November १५–१६ सम्म भै रहेको NEDAC को साधारण सभा भारतको Minister of state for agriculture पर्शोत्तम रुपलाबाट उद्घाटन भएको हो ।

NEDAC को सदस्य NCDC सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा संचालित छ । FAO Annex, बैंककमा सचिवालय रहेको NEDAC, ९ एसियन राष्ट्रका १६ संस्थाको संजाल बाट शुरु भएकोमा हाल २४ सदस्य संस्थाहरु यसमा आवद्ध रहेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू