बाँकेमा प्रदेश स्तरीय सहकारी युवा सम्मेलन २०७५ सम्पन्न

  • मंसिर ६, २०७५

बाँकेको नेपालगञ्जमा ‘सहकारी र उद्यमी युवाहरु मार्फत समृद्ध राष्ट्र निर्माण’ भन्ने मुल भावका साथ प्रदेश स्तरीय सहकारी युवा सम्मेलन २०७५ सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना र विभिन्न सदस्य संघ संस्था तथा निकायहरुको सहकार्यमा बुधबार ७ बुँदे साझा प्रतिवद्धता पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । युवा सम्मेलनमा नेपालको युवा शक्तिलाई सहकारी अभियानमा आवद्ध गराउँदै उद्यमशिलताको विकास गरी समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय नारालाई साकार बनाउने विषयमा छलफल गरिएको थियो ।

युवा सम्मेलनका प्रस्तुत विषयहरुमा यस नारालाई साकार बनाउनमा महत्वपूर्ण योगदान पुग्ने विषयमा विश्वस्त हुँदै साकोस मार्फत गरिबी न्यूनीकरण, सामाजिक एकता र स्वरोजगारी सिर्जना गरी समृद्ध नेपाल निर्माण गर्न क्रियाशिल हुने उच्च सङ्कल्प समेत गरिएको थियो ।

प्रदेश स्तरीय युवा सम्मेलन २०७५ ले जारी गरेको ७ बुँदे साझा प्रतिवद्धता पत्रः

प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका सदस्य संस्थाहरुको संयुक्त पहलमा सम्पन्न प्रदेशस्तरीय युवा सम्मेलनको मार्गदर्शन अनुरुप सदस्य संस्था, नेफ्स्कून, सम्बन्धित निकाय (पालिका, प्रदेश र संघ)को संयुक्त सहभागितामा साकोस मार्फत उद्यमशिलता समाधान विधि र उद्यम विकास निर्देशिका तयार गरी कार्यान्वयन गर्न प्रतिवद्ध ।

स्थानीय स्तरमा नै सहकारी मार्फत स्थानीय श्रोत, साधनको उपयोग गर्दै युवा लक्षित रोजगारी, उत्पादन वृद्धि र बजारीकरणका कार्यक्रम मार्फत सम्बन्धित निकायसँग सहकार्य गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा योगदान गर्न प्रतिवद्ध ।
आ–आफ्ना संस्थाहरुमा युवा सदस्य अभिवृद्धिका लागि युवा उपसमिति गठन गरी रणनीतिक योजना सहित आगामी पाँच वर्ष भित्र कुल सदस्यको ३०५ युवा सदस्य र नेतृत्व तहमा २०५ युवा सहभागिता सुनिश्चितताको लागि नीतिगत व्यवस्था गर्न प्रतिवद्ध ।

प्रदेश नं.५, कर्णाली प्रदेश र सुदुरपश्चिम तीनवटै प्रदेशको पारस्परिक समन्वयमा तीन तीन वटा साकोसमैत्री पालिका (गाउँ र नगरर उप–महानगर र महानगर) छनौट गरी युवा सहभागिता र उद्यमशिलता नमुना साकोस कार्यक्रम लागु गर्न प्रतिवद्ध ।

साकोसको वार्षिक योजनामा वित्तीय साक्षरता २ सय ५५ र उद्यमशिलता विकास १ सय ५ तालिमको योजना समावेश गरी कुल सञ्चालन खर्चको कम्तिमा दुई प्रतिशत खर्च युवा उद्यमशीलता विकासका क्षेत्रमा प्रयोग गर्न प्रतिवद्ध ।

साकोस मार्फत लगानी गरिने कुल ऋण लगानीको कम्तिमा २ सय ५५ प्रतिशत रकम युवा उद्यमशिलता कार्यक्रम मार्फत परिचालन गर्न प्रतिवद्ध ।

प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हामी सहभागी साकोस मार्फत आगामी पाँच वर्ष भित्र साकोसमा आवद्ध युवा सदस्यहरुको २५ उद्यमी निर्माण गर्न प्रतिवद्ध ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू