पालुङ सहकारीको अध्यक्षमा कार्की

  • मंसिर ९, २०७५

पालुङ बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम कार्की निर्विरोध निर्वाचित हुनु भएको छ ।

संस्थाको शनिबार सम्पन्न निर्वाचनबाट कार्की निर्वाचित हुनु भएको हो । अध्यक्ष कार्की संस्थाका पूर्व उपाध्यक्ष पनि हो । यसअघि कोषाध्यक्ष रहनु भएका कृष्णबहादुर विष्ट उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । सहकारीको सचिवमा अरुण रायमाझी हुनुहुन्छ भने कोषाध्यक्षमा सानुकाजी गोपाली निर्वाचित हुनु भएको छ ।

संस्थाको सदस्यहरुमा नवराज विष्ट, जर्मलाल श्रेष्ठ, रजिता ढकाल, सुमित्रा के.सी. र आरती श्रेष्ठ रहेको जनाएको छ । सहकारीको लेखा सुपरीवेक्षण समितिको संयोजक अच्युतमप्रसाद ढकाल तथा सदस्यमा घनश्याम अमात्य र इच्छापूर्ण कार्की निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू