नमुना सकोस तेस्रो पञ्चवर्षीय योजना ल्याउन तयार

  • मंसिर १६, २०७५

ललितपुरस्थित हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तेस्रो पञ्चवर्षीय योजना २०७४–२०७९ ल्याउने तय गरेको छ ।

संस्थाको शनिबार सम्पन्न २० औं वार्षिक साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले आगामी दिनमा संस्थाको विकास र सदस्यलाई प्रदान गर्ने सेवा तथा सुविधामा विविधता ल्याउन पञ्चवर्षीय योजना ल्याउने बताउनु भएको हो । संस्थाले चालु आर्थिक वर्षबाट मोबाइल बैंकिङ सेवा पनि सञ्चालनमा ल्याएको छ । यस सेवाबाट सदस्यहरुले आफ्नो दैनिकी सरल र सहज बनाउन सक्ने संस्थाले जनाएको छ ।

‘आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी’ भन्ने नाराका साथ २०५५ सालमा स्थापना भएको सहकारीमा ३ हजार ३ सय ४८ बढी सदस्य संख्या रहेका छन् । संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा ८ करोड ६९ लाख ५३ हजार शेयर पूँजि जम्मा गरेको छ भने ५८ करोड १५ लाख ९ हजार ५ सय ३४ रुपैंया कर्जा लगानी रहेको छ ।

२ अर्ब ३३ करोड ४९ लाख १८ हजार ८ सय ७६ रुपैंया रहेको कुल कारोबार रहेको संस्थाले ५२ करोड १३ लाख ४६ हजार १ सय ७० रुपैंया बचत गर्न सफल भएको जनाएको छ । यसैगरी उक्त अवधिमा संस्थाले सरकारलाई ९८ लाख ५६ हजार ३ सय ९४ रुपैंया राजश्व बुझाएको छ । साधारण सभाको अवसरमा संस्थाले विभिन्न पुरस्कार तथा सम्मान समेत प्रदान गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू