बर्दिबासमा चार दिने सहकारी लेखा व्यवस्थापन तालिम

  • मंसिर १७, २०७५

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बर्दिबासको आयोजनामा चार दिने सहकारी लेखा व्यवस्थापन सम्बन्धी तालिमको सुरु भएको छ ।

बैँकको बर्दिबास शाखा कार्यालय समन्वय उप–समितिका संयोजक लक्षण यादवको अध्यक्षतामा आइतबारदेखि तालिम कार्यक्रम सुरु भएको हो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण बहादुर सिंह, बर्दिबास बचत तथा ऋण सहकारिका अध्यक्ष तथा बर्दिबास सहकारी संजालका अध्यक्ष शंकर कुमार श्रेष्ठ, जनमुखी स्वास्थ्य र विकाश सहकारी संस्थाका सचिव तथा समन्वय उप–समितिका सदस्य लिलामणि आचार्य, बर्दिबास बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रमेश बहादुर सिंह लगायतको उपस्थिति रहेको छ ।

बैंकको बर्दिबास शाखा प्रमुख लोकेन्द्र केसीको सञ्चालनमा सुरु भएको तालिमको प्रशिक्षक रबिन्द्र घिमिरे हुनुहुन्छ भने बर्दिबास शाखाका कर्मचारीहरु सुजीत नापित र मनोजकुमार यादवले सहजीकरण गर्नु भएको छ । कार्यक्रममा बर्दिबास क्षेत्रका विभिन्न सहकारी संघ/संस्थाका ३० जना प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू