वित्तीय क्षेत्रमा सहकारीको योगदान उच्च छ : चन्द

  • मंसिर १८, २०७५

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले वित्तीय क्षेत्रमा सहकारीको योगदान उच्च रहेको बताउनु भएको छ ।

भक्तपुरको बालकोटस्थित मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । चन्दले मुलुकमा सञ्चालित सहकारीले आर्थिक क्षेत्रमा रचनात्मक काम गर्दै गएको समेत बताउनुभयो ।

चन्दले अर्थतन्त्रमा सहकारी मोडेल प्रभावकारी भएको दाबी गर्दै बजारमा छरिएर रहेका स–साना पूँजिलाई जम्मा पारेर सदस्यको जीवनस्तर उकास्ने कार्य सहकारीले गर्ने गरेको तर्क राख्नुभयो । उहाँले तीन खम्बे अर्थ नीतिमा सहकारी सवल खम्बा बन्दै गएको बताउदै सहकारीकै कारण आज मुलुकको आर्थिक विकासमा टेवा पुगेको बताउनुभयो ।

सामान्य परिवारले पनि सहकारीमा आफूले कमाएको रकम जम्मा गर्न र ऋण झिक्न सक्ने अवस्थाको सिर्जना भएको पूर्वप्रधानमन्त्री चन्दको भनाई छ । उहाँले सहकारीमार्फत व्यक्तिको उद्यमशीलतामा विकास भएको र जिविकोपार्जनमा समेत सहयोग पुगेको दाबी गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू