नेफ्स्कुनको दुई दिने तालिम कार्यक्रम सम्पन्न

  • मंसिर १९, २०७५

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को आयोजनामा दुई दिने सञ्चालन तथा कानूनी जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

संघको चाबहिल स्थित तालिम केन्द्रमा चावहिलमा दुई दिने सञ्चालन तथा कानूनी जोखिम व्यवस्थापन तालिम मङ्गलबार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा संघका अध्यक्ष डी.बी. बस्नेत, प्रनिनिधि सभा सदस्य एवम नेफ्स्कूनका पुर्व महासचिव घनश्याम खतिवडा, संघको तालिम केन्द्रका प्राचार्य संजयराज तिमिल्सिना र सहजकर्ता कुमार खत्रीको उपस्थिति रहेको थियो ।

तालिममा जनसागर, समभाव, स्वर्णिम भविश्य, महिला शक्ति, एकता, ग्रिन भ्यालि, हासी खुसि, सिंगापुर गोर्खा, उपकार, लामो साँघु, नवदिप ज्योति महिला उत्थान, नव शृजनशिल, निल बराही, भद्रावती साकोस, चमति बहुउद्देश्यीय सहकारी १७ वटा साकोसहरुबाट २३ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू