बिन्धवासिनी साकोस एक्सेस गोल्ड ब्राण्ड लिने तयारीमा

  • मंसिर २५, २०७५

काभ्रेस्थित एशियाली स्तरको ब्राण्ड (एक्सेस सिल्भर ब्राण्ड) प्राप्त गर्न सफल बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिल्भरबाट गोल्ड ब्राण्डमा स्तरोन्नती गर्ने लक्ष्य लिएको छ ।

चार दिनसम्म सञ्चालन गरिएको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिममा साकोसले यस्तो जनाएको हो । एशियास्तरमा पहिलोपटक गोल्ड ब्राण्ड लिने कसरतमा रहेको र दुई वर्षमा त्यो लक्ष्य पुरा गन संस्थाका अध्यक्ष प्रदिप थापाले बताउनुभयो । कार्यक्रमका सहभागीहरुले संस्थालाई एक्सेस सिल्भरबाट गोल्ड ब्राण्डमा स्तरोन्नती गर्ने जमर्कोमा लागिपरेको बताएका छन् ।

अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले संस्था स्तरोन्नतीको लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक सहयोग गर्न नेफ्स्कून तयार रहेको बताउनुभयो । हालै मात्रै नेफ्स्कून विश्व ऋण परिषदको सदस्य भएकोले साकोसको विकासको लागि चाहिने प्राविधिक औजारहरु नेपालले अङ्गिकार गर्न सक्ने बताउँदै उहाँले नेपालमा छिट्टै साकोस ऐन बन्ने धारणा व्यक्त गर्नुभयो । साकोस ऐनको लागि मन्त्रालय समेत सकारात्मक रहेको उहाँले व्यक्त गर्नुभयो ।

प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै संस्थाका अध्यक्ष प्रदिप थापाले नेफ्स्कूनले प्रदान गर्ने प्राविधिक सिपले साकोसहरुको विकास र समग्र वृद्धिमा सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको प्रशिक्षक रहनुभएका नेफ्स्कूनका कोषाध्यक्ष केशवप्रसाद पोखरेलले वित्तीय सहकारीहरुले सही ढङ्गबाट वित्तीय विश्लेषण गरेर मात्रै आफ्नो कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू