सहकारी बैंकबाट तीन सहकारी सम्मानित

  • मंसिर २७, २०७५

राष्ट्रिय सहकारी बैंक लिमिटेडले तीन सहकारी संस्थालाई सम्मान गरेको छ ।

बैँकले काठमाडौँ स्थित शुक्रपथ बहुउद्देश्य सहकारी, मिलन बहूउद्धेशीय सहकारी तथा क्यापिटल साकोसलाई सम्मान गरेको हो । बैंकको थप शेयर खरीद गरेकोमा तीन सहकारीलाई सम्मान गरिएको हो ।

शुक्रपथ बहुउद्देश्य सहकारीले ७५ लाख, मिलन बहूउद्धेशीय सहकारीले ४४ लाख र क्यापिटल साकोसले ७० लाख शेयर खरीद गरेका थिए । बैंकका प्रबन्ध सञ्चालक के.बी. उप्रेती, बैंकका नायव महाप्रबन्धक बद्री कुमार गुरागाई, सहायक महाप्रबन्धक हरिकृष्ण सापकोटा, बैंकका सम्पूर्ण विभागका विभागीय प्रमुखहरु सहित उपत्यका भित्रका शाखा प्रमुखहरुको उपस्थितिमा सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमका अवसरमा बैंकका प्रबन्धक संचालक के.वी. उप्रेतिले शेयर खरीद गरेका सहकारी संस्थाहरुले बैंकको विकासमा सदस्य संस्थाको तर्फबाट ठुलो सहयोग गरेको बताउनुभयो । यस्तै सम्मानित सहकारी संस्थाका तर्फ संस्थाका प्रतिनिधिहरुले सहकारी बैंकले आफ्नो सदस्य संस्थालाई हरेक तवरबाट सहयोग गरी सक्षम बनाउन सहयोग गरेको कुरा व्यक्त गरेका थिए ।

कार्यक्रममा शुक्रपथ बहूउद्धेशीय सहकारीको तर्फबाट नीरहरी उपाध्याय र नरेन्द्र बिष्ट, मिलन बहूउद्धेशीय सहकारीको तर्फबाट दिनेश बज्र बर्ज्राचार्य तथा क्यापिटल साकोसको तर्फबाट दिनेश पौडेलले सम्मान ग्रहण गर्नु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू