मेरिगोल्ड सहकारीद्वारा विद्यालयलाई दराज सहयोग

  • मंसिर २७, २०७५

हेटौंडा स्थित मेरिगोल्ड बचत तथा ऋण सहकारी संस्थाले एक थान दराज सहयोग गरेको छ ।

संस्थाले मनहरी गाउँपालिका वडा ३ हाँडीखोलामा रहेको नवज्योती प्राथमिक विद्यालयलाई शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्य सहित दराज सहयोग गरेको हो । संस्थाले १० हजार बराबरको एक थान स्टिलको दराज वितरण गरिएको संस्थाका अध्यक्ष दीपक खड्काले बताउनुभयो ।

संस्थाले विद्यालयका प्रधानध्यापक जयराम अधिकारीलाई चाँबी हस्तान्तरण गरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू