स्थानीय तहले सहकारीलाई वास्ता गरेन : मन्त्री अर्याल

  • पुस ६, २०७५

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले स्थानीय तहले सहकारी वास्ता नगरेको बताउनु भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को बिहीबार राजधानीमा सम्पन्न २७ औं साधारणसभामा अर्यालले यस्तो बताउनु भएको हो । स्थानीय तहलाई सहकारी हस्तान्तरण गरिए पनि अधिकांश तहमा अहिलेसम्म सहकारीको पोकोसमेत नखोलिएको उहाँले बताउनुभयो ।

जसरी सहकारीको पोका हस्तान्तरण गरिएको थियो, केही ठाउँमा अहिले पनि पोका नखोलिएका अर्यालको गुनासो रहेको छ । स्थानीय तहले छुट्टै सहकारी डेक्स स्थापना गरी सहकारी हेर्ने कर्मचारी खटाएर सहकारी अभियान अघि बढाउनुपर्ने उहाँको भनाइ छ । स्थानीय तहले सहकारीलाई महत्व दिए मात्रै आर्थिक विकासमा दुर्तगतिमा अघि बढ्ने उहाँले बताउनुभयो ।

सहकारीबाट गरिबी निवारण गर्न सकिने भन्दै मन्त्री अर्यालले सहकारीले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । किसानको नाफा बिचौलियाले खाइदिएको भन्दै बिचौलिया अन्त्य गर्न सहकारी बजार स्थापना गर्न लागिएको समेत अर्यालले व्यक्त गर्नुभयो । वित्तीय कारोबार गर्ने सहकारी धेरै भएपनि गुणस्तरीय सेवा दिन नसकेको उहाँको भनाइ थियो ।

सहकारीमा मर्ज अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताउखै मर्जपश्चात सदस्यले थप गुणस्तर सेवा पाउन सक्ने अर्यालले थप्नुभयो । सहकारी नियमावली कानुन मन्त्रालयमा पुगको भन्दै मन्त्री अर्यालले उताबाट आउनासाथ मन्त्रिपरिषदबाट पारित हुने बताउनुभयो । सहकारीमैत्री नियमावली र सहकारी ऐन संशोधन गर्न आफूले पूर्णरुपमा सघाउने अर्यालले बताउनुभयो ।

प्रादेशिक कानुन बन्ने क्रममा भएको भन्दै अर्यालले सबै प्रदेशले नमूना ऐनलाई टेकेर प्रादेशिक ऐन बनाउन सक्ने बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू