सहकारी संस्थाहरू पारदर्शी हुनुपर्छ : अध्यक्ष दंगाल

  • पुस ८, २०७५

काठमाण्डौं बचत तथा ऋण सहकारी संघका अध्यक्ष केशवप्रसाद दंगालले सहकारी संस्थाहरू पारदर्शी हुनुपर्ने बताउनु भएको छ ।

काठमाडौंमा रहेको माकलबारी बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारणसभामा सहकार्यमार्फत सहकारीको विकास गर्नुपर्ने बताउँदै दंगालले यस्तो बताउनु भएको हो । अध्यक्ष दंगालले साधारणसभाको उद्घाटन समेत गर्नु भएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष कुमार श्रेष्ठले सहकारी नाफामूखि मात्र नभई सामाजिक काममा पनि ध्यान जान जरुरी रहेको बताउनुभयो । विश्वकै सबैभन्दा ठूलो आर्थिक सामाजिक सञ्जाल, रोजगार क्षेत्र र समावेशी विकासको सर्वोत्तम मोडलका रूपमा स्थापित भएको बताउदै उहाँले सहकारीलाई गरिबी निवारणको महत्वपूर्ण कडीको रुपमा विकास र विस्तार गर्नु आजको आवश्यकतामा रहेकोमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष उदय सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै हालसम्म संस्थामा २ करोड १३ लाख ४ सय ७३ करोबार, सेयर पुँजी ३२ लाख ४४ हजार २ सय रहेको बताउनुभयो । १६ लाख २३ हजार ५ सय ७६ नाफा आर्जन गरेको सहकारीको ऋण लगानी १ करोड ६० लाख ७४ हजार ८ सय ६ रुपैँया रहेको छ ।

सहकारीमा हाल तीन सय ६८ जना सेयर सदस्य रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू