मनास्लु सहकारीद्वारा तीन वर्षे कार्ययोजना

  • पुस १७, २०७५

मनास्लु बहुउद्देश्यीय सहकारी संस्थाले तीन वर्षे कार्ययोजना बनाएर अघि बढेको छ ।

संस्थाले पाँचवटा क्षेत्रगत इकाइ तयार गरेर तीन वर्षे योजना बनाएको हो । संस्थाको १९ औं वार्षिक साधारणसभाका अवसरमा संस्थाका अध्यक्ष राजेन्द्र पौड्यालले तीन वर्षे कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

बचत तथा ऋण, कृषि तथा उपभोक्ता, उद्यमशीलता विकास, महिला तथा ज्येष्ठ नागरिक र शिक्षा, स्वास्थ्य ताथ बीमाको योजनाका साथ अध्यक्ष पौड्यालले संस्थाको ३ वर्षे रणनीतिक कार्ययोजना समेत प्रस्तुत गर्नु भएको थियो ।

साथै उहाँले आर्थिक वर्ष ०७४/७५ को प्रगति विवरण र चालु आर्थिक वर्षको भावी योजना नीति तथा बजेट सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थामार्फत आत्मनिर्भर बनाउन र उनीहरुको आधारभूत आवश्यकता एवम् आर्थिक लक्ष्य प्राप्ति गराउन संस्था क्रियाशील भएको उहाँको भनाइ थियो ।

संस्था बहुउद्देश्यीय भएपनि अस्पष्ट सरकारी नीतिनियमका कारण बहुउद्देश्यीय परियोजनाहरु सञ्चालन गर्न नसकिएको पौड्यालले बताउनुभयो । संस्थाले सदस्यहरुलाई लक्षित गरी सदस्य राहत कोष, ज्येष्ठ नागरिक सम्मान, एकल महिला तथा अपाङ्ग महिलालाई सम्मान, महिला प्रसुति खर्च जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

संस्थाले २०७५ आषाढ मसान्तसम्म ४ करोड ६३ लाख शेयर पुँजी, ३३ करोड ९४ लाख बचत सङ्कलन र ३८ करोड ७६ लखा ऋण लगानी गरेको छ । संस्थामा २ हजार २ सय ४३ शेयर सदस्य आवद्ध रहेका छन् भने संस्थाको कूल सम्पत्ति ४६ करोड ७८ लाख पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू