कास्कूनमा चुनावी चहलपहल बढ्यो

  • पुस २४, २०७५

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा चुनावी सरगर्मी बढेको छ ।

आउँदो पुस २७ गते हुने नयाँ नेतृत्व निर्वाचनका लागि आकांक्षीहरु बढ्दै गएका हुन् । नयाँ नेतृत्वका लागि वर्तमान सञ्चालक केशव दंगाल, वर्तमान सचिव नवराज अर्याल, कोषाध्यक्ष गोविन्द काफ्ले, लेखा समिति संयोजक कमलराज अधिकारी मध्ये एक जनाले नेतृत्व सम्हाल्ने सम्भावना देखिएको छ ।

आपसी छलफलका आधारमा नयाँ नेतृत्व चयन गर्न सहकारीकर्मी र सहकारीका अगुवाहरुले छलफल तीव्र पारेका छन् । तीन वर्षअघि सहमतिमै नेतृत्व चयन भएको थियो । अबको चार वर्षे कार्यकालका लागि पनि सहमतिबाटै टुङ्ग्याउन गृहकार्य सुरु भएको छ । कास्कुनका सचिव अर्यालले नेतृत्व हस्तान्तरण अहिलेको आवश्यकता भएको बताउनुभयो ।

नयाँ नेतृत्वका लागि एक पक्षीय, दुई पक्षीय छलफलमा जुटेका छन् । काठमाडौं जिल्ला बचत संघमा ६ सय ४० प्रारम्भिक संस्था सदस्य रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू