थाइल्यान्डमा आयोजित तालिम कार्यक्रममा सहकारी बैँकको सहभागीता

  • माघ २, २०७५

एसिन्स क्रेडिट यूनियन फोरम (अक्कु) को आयोजनामा १३ देखि १९ जनवरी सम्म सञ्चालन भइरहेको तालिम कार्यक्रममा सहकारी बैँकले सहभागीता जनाएको छ ।

थाइल्यान्डको ब्याङ्ककमा सञ्चालन भइरहेको ‘Trainers Training on Building Transformative Leaders Who Drive The Integration of Financial Cooperatives Network’  कार्यक्रममा बैंकले सहभागिता जनाएको हो । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाबाट ७ जना प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

कार्यक्रममा बैंकको तर्फबाट सहायक अधिकृत कर्मचारी मुना के.सी. सहित बैंकको सदस्य संस्थाहरु चमेली कल्याणकारी साकोस सुर्यविनायक भक्तपुरबाट सालिकराम घिमिरे, हाम्रो नेपाल साकोस बिर्तामोडबाट भवानीप्रसाद दंगाल, मित्रमिलन कृषि सामाजिक सहकारी संस्था लिमिटेड पोखराबाट रमण पौडेल, विशाल सामाजिक सहकारी संस्था लिमिटेड पोखराबाट सुदिप ढकाल, प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा रुपन्देहीका व्यवस्थापक जमुना कुमारी गिरि र अध्यक्ष राधा पोख्रेल थापा सहभागी छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू