पोखरा रोयल सहकारीले सुरु गर्यो एटिएम सेवा

  • माघ ८, २०७५

बुद्धचोक पोखरा स्थित पोखरा रोयल सहकारी संस्थाले एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

संस्थाको सोमबारदेखि सञ्चालनमा आएको एटिएम सेवा, गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमका अवसरमा मन्त्री थापाले सहकारीहरु पछिल्लो समय आधुनिक बन्ने क्रम तीव्र भएको बताउनुभयो ।

सहकारीहरु समय सापेक्ष परिवर्तन हुदै अगाडी बढ्नु पर्ने र वित्तिय कारोबार गर्ने सहकारीको लागी एटिएम सेवा अपरिहार्य तथा अति आवश्यक रहेको विचार राख्नुभयो । यसैगरी कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले एटिएम सेवा सञ्चालन गर्नु सहकारी क्षेत्रका लागी गौरवको विषय भएको बताउनुभयो ।

संस्थाका सचिव तथा नेफ्सकुनका सञ्चालक भिमबहादुर गुरङले आफ्ना शेयर सदस्यहरुको हितलाई ध्यान दिएर सहकारीलाई आधुनिक तथा थप प्रविधिमैत्री बनाउने क्रममा एटिएम सेवा सञ्चालनमा ल्याएको जानकारी दिननुभयो । उहाँले एटिएम मेसिन आफ्नै राखी सेवा प्रदान गर्ने कास्की जिल्लामा पोखरा रोयल साकोस पहिलो भएको समेत बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू