म्यानमारका सहकारीकर्मीहरुद्वारा महासंघको अवलोकन

  • माघ ९, २०७५

म्यानमारका १६ सहकारीकर्मीहरुले राष्ट्रिय सहकारी महासंघ र सहकारी विभागको अवलोकन गरेका छन् ।

महासंघका अध्यक्ष केशव प्रसाद बडालको नेतृत्वमा महासंघका बोर्ड सदस्य र व्यवस्थापन टोलीले म्यानमारका सहकारीकर्मीलाई महासंघको भवनमा मङ्गलबार स्वागत गर्नु भएको थियो । सो भेटवार्तामा ऐतिहासिक सहकारी आन्दोलनको विषयमा छलफल गरिएको थियो ।

छलफलमा अध्यक्ष बडालले नेपालमा सहकारी ऐन मस्यौदा निर्माण गर्दाको अनुभव साट्नु भएको थियो भने म्यानमारका सहकारी प्रतिनिधिले सहकारी अभ्यासका विषयमा बोल्नु भएको थियो । प्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले नेपालको समग्र सहकारी आन्दोलनको परिदृष्य र राष्ट्रिय सहकारी महासंघका बारे प्रस्तुती दिनु भएको थियो । नेपालको विभिन्न कानून मस्यौदा बारे सिक्ने सन्दर्भमा द्विपक्षिय भेटवार्ता फलदायी रहेको जनाइएको छ ।

म्यानमारका प्रतिनिधिहरुको केही सहकारी तथा राष्ट्रिय सहकारी बैँक लिमिटेड अवलोकन गर्ने र २५ जनवरीमा म्यानमारमा फकर्ने योजना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू