भारतमा आयोजना हुने सहकारी कार्यक्रममा बैँक सहभागी

  • माघ १४, २०७५

नयाँ दिल्लीको राष्ट्रिय सहकारी महासंघ भारतमा सञ्चालन हुन गइरहेको सहकारी कार्यक्रममा राष्ट्रिय सहकारी बैँक नेपालले सहभागीता जनाउने भएको छ ।

Centre for International Cooperation in Agricultural Banking (CICTAB) को आयोजनामा २९ जनवरी देखि २ फेव्रुअरी सम्म सञ्चालन हुने “International Programme On Trading Technique For Trainers of Co-operative And Rural Financing Institutions” कार्यक्रममा सहकारी बैँकले सहभागीता जनाउने भएको हो ।

कार्यक्रममा बैंकको तर्फबाट सदस्य संस्था गाम्चा बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरका अध्यक्ष विकाश खड्का, सचिव विदुर खड्का, मेट्रो बहुउद्देश्य सहकारी संस्था लिमिटेड पोखराका व्यवस्थापक खेम केसी, मित्रमिलन कृषि सहकारी संस्था लिमिटेड पोखराका प्रबन्धक सञ्चालक रमण पौडेल र राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाका शाखा प्रमुख सन्तोष घिमिरे सहभागी हुनु हुनेछ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई सहित बैंकका उच्च तहका कर्मचारीहरुले संयुक्त रुपमा कार्यक्रममा सहभागिता जनाउनु लाग्नु भएका सहकारी सहकर्मीहरुलाई कार्यक्रम सफलताको शुभकामना सहित बिदाई गर्नु भएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू