सहकारी बैँकको लेखा व्यवस्थापन सम्बन्धी तालिम इटहरीमा सम्पन्न

  • माघ १५, २०७५

राष्ट्रिय सहकारी बैंक लिमिटेड इटहरी शाखाको आयोजनामा सञ्चालित दुई दिने लेखा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

बैंकको माघ १३ गतेदेखि इटहरी क्षेत्रका विभिन्न सहकारी संघ/संस्थाबाट २४ जना सहभागीहरुको उपस्थितिमा सञ्चालन भएको तालिम कार्यक्रम सोमबार सम्पन्न भएको हो । तालिम समापन समारोहमा राष्ट्रिय सहकारी बैंकका इटहरी शाखा कार्यालय समन्वय उप–समितिका संयोजक केदारप्रसाद न्यौपानेको आथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै समन्वय उप–समितिका संयोजक न्यौपानेले तालिमको महत्व तथा औचित्य प्रष्ट पार्दै आगामि दिनमा पनि बैंकले विभिन्न तालिमहरु सञ्चालन गर्ने र आवश्यक तालिमका लागी सहभागीहरुलाई बैंकमा माग गर्न सुझाव दिनुभयो । यसका साथै उहाँले बैंकले सदस्य सहकारी संघ÷संस्थाहरुलाई दिने वित्तिय सेवा लगायत अन्य सेवाको विषयमा समेत प्रष्ट पार्नु भएको थियो ।

प्रशिक्षक तथा बैंकका प्रबन्धक भरतकुमार चिमरियाले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन बैंकको इटहरी शाखा प्रमुख बीरबल राजवंशीले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू