सुदूरपश्चिम प्रदेशद्वारा सहकारी व्यवस्था विधेयक २०७५ पारित

  • माघ १५, २०७५

सुदूरपश्चिम प्रदेशमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकले प्रदेशको सहकारी विधेयक २०७५ पारित गरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनिता चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नु भएको थियो ।

यसअघि प्रस्तावमाथि भएको सामान्य छलफलमा प्रदेश सभा सदस्य श्यामलाल रानाथारु, मालामतीकुमारी रानाथारु, रतनबहादुर थापा र बलदेव रेग्मीले बोल्नुभएको थियो । आर्थिक मामिला तथा कानूनमन्त्री झपटबहादुर बोहराले बैठकमा प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुभयो ।

प्रस्तावमाथि भएको सामान्य छलफलमा प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरी, अम्बीकुमारी थापा र देवकी मल्लले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा सभामुख अर्जुनबहादुर थापाले सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीलाई प्रदेश सभा, अर्थ विकास तथा प्राकृति स्रोत समितिको सदस्यमा मनोनयन गरिएको जानकारी गराउनु भएको थियो ।

अर्को बैठक यही माघ १८ गते दिनको २ बजे बस्नेछ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू