सहकारी बैँकको तिन दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम सुरु

  • माघ १७, २०७५

राष्ट्रिय सहकारी बैंक लिमिटेड गोंगबू शाखा कार्यालयको आयोजनामा तिन दिने कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।

गोंगबू र आसपासका क्षेत्रमा रहेका सहकारी संघ/संस्थाहरुलाई लक्षित गरी बुधबारदेखि दियालो पÞmूड ल्यान्ड, बसुन्धरा, काठमान्डौँमा तालिम कार्यक्रम सञ्चालन गरिएको हो । तालिममा बैंकको कर्जा विभागका प्रमुख घिमिरेले सहभागीहरुलाई धितो कर्जा, लघु कर्जा व्यवस्थापन तथा कर्जामा निहित जोखिम सहित कर्जासँग सम्बन्धित कानुनी कागजात प्रक्रिया समेतका विषयहरुमा सहजीकरण गर्नु हुनेछ ।

कार्यक्रममा बैंकको कर्जा असुली विभागीय प्रमुख मोहन कार्की, कर्जा विभागका प्रमुख प्रमोदकुमार घिमिरे, तालीम विभागका वरिष्ठ अधिकृत मीनाकुमारी शर्माको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा बैंकको गोंगबू शाखाका प्रमुख बिनोद भट्टाराईको सञ्चालनमा सुरु भएको थियो

माघ १८ गते सम्पन्न हुने तालिम कार्यक्रममा गोंगबू क्षेत्रका २१ भन्दा बढी सहकारी संघ/संस्थावाट २७ जना सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू