कपिलवस्तुको किसान कृषि सहकारी र साना किसान कृषि सहकारी मर्जरमा जाँदै

  • माघ २८, २०७५

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नगरकै ठूलो सहकारी बन्ने भएको छ ।

नगरपालिकामा रहेका किसान कृषि सहकारी संस्था र साना किसान कृषि सहकारी संस्थाको मर्जरपछि नगरकै ठूलो सहकारी बन्ने भएको हो । आइतबार सम्पन्न साना किसान कृषि सहकारी संस्था बरकुलपुरको १६औं वार्षिक साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष खुमानन्द न्यौपानेले मर्जरपछि प्रदेशकै नमुना सहकारी बनाउने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष नारायण खनालले सहकारीहरूले कृषि क्षेत्रमा पहुँच बढाउनुपर्ने बताउनुभयो । यसैगरी, नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले सहकारीका माध्यमबाट गाउँगाउँमा सेवामुखी भई काम गर्नुपर्ने बताउनुभयो ।

संस्थाको कुल सेयर दुई करोड १० लाख, निक्षेप संकलन ३४ करोड ३३ लाख रहेको संस्थाका लेखा संयोजक सुरेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो । संस्थाले गत आर्थिक वर्षमा एक करोड ७३ लाख ३० हजार मुनाफा गरेको छ । त्यस्तै, मर्जरमा जान लागेको बुड्ढी साना किसान को नाफा एक करोड १ं० लाख रहेको छ ।

६५ लाख शेयर रहेको संस्थाको निक्षेप संकलन १४ करोड ५० लाख रहेको छ । दुवै मर्जरपछि सदस्य संख्या पाँच हजार बढी हुने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू