सहारा नेपाल सहकारीद्वारा सहकारी बैंकको २ करोडको शेयर रकम थप

  • माघ २८, २०७५

झापाको चारपाने २ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ करोडको शेयर रकम थप गरेको छ ।

संस्थाले सहकारी बैंक लिमिटेडको २ करोडको शेयर रकम थप गरी कुल ४ करोड ६० लाख १० हजार पुर्याएको हो । एक समारोहका बीच संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले बैकका अध्यक्ष के. बि उप्रेतीलाई रु २ करोडको चेक हस्तान्तरण गर्नु भएको थियो ।

हस्तान्तरण कार्यक्रमका अवसरमा बोल्दै बैँकका अध्यक्ष के बी उप्रेतीले सहकारी बैंकको विकासमा सहारा नेपाल सहकारीद्वारा पुर्याएको योगदान प्रति प्रसंशा गर्दै बैंकले सहकारी मार्फत सवल राष्ट्र निर्माणमा अग्रसर भएको बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा अन्तर्राष्ट्रीय सम्बन्ध समन्वय समितिका सभापति पबित्रा निरौला खरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बि उप्रेती, राष्ट्रिय सहकारी बैंकका लेखा समिति लक्ष्मी प्रसाद उप्रेती, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरी, राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखा प्रमुख मुना घिमिरे तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू