विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्छ : मन्त्री अर्याल

  • फाल्गुन ७, २०७५

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले सञ्चालन गरेको विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्ने बताउनु भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका १२ स्थित सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताउनु भएको हो । मन्त्री अर्यालले गाउँबाट उत्पादन सङ्कलन गरेर बजारीकरण गर्ने अभियानमा सरकार लागेको बताउनुभयो ।

त्यसका निम्ति योजना बनाएर लाग्न मन्त्री अर्यालले आग्रह गर्नुभयो । उहाँले गाउँ–गाउँमा उत्पादन गरेर उद्यमशीलतामा लाग्न आग्रह गर्दै उत्पादन सङ्कलन गरेर बजारीकरण गर्ने अभियानमा सरकार लागेको पनि जोड्नुभयो । मन्त्री अर्यालले भन्नुभयो, “सबै गाउँलाई प्रभाव पार्नेगरी प्रमुख आधारमा केन्द्रित हुनुस् । ५ वर्षमा के गर्ने, १० वर्षमा के गर्ने भनेर योजना बनाएर लाग्नुस् ।”

प्रदेशले विभिन्न आवेदनमुखी कार्यक्रम सञ्चालन गर्न लागेको भन्दै मन्त्री अर्यालले उद्यमशीलतर्फ लाग्न मन्त्री अर्यालले आग्रह गर्नुभयो । उहाँले सहकारीताको मोडलमा सामुहिक उद्यमशीलतामा लाग्न आग्रह समेत गर्नु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू