सहकारी लेखा व्यवस्थापन तालिम कार्यक्रम राजविराजमा सुरु

  • फाल्गुन १७, २०७५

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय राजविराजको आयोजनामा सहकारी लेखा व्यवस्थापन सम्बन्धि तालिम बिहिबारदेखि सुरु भएको छ ।

बैँकको राजविराज शाखा कार्यालयको बैठक कक्षमा आयोजित सहकारी लेखा व्यवस्थापन तालिम ३ दिनसम्म सञ्चालन हुनेछ । सप्तरी जिल्ला सहकारी संघका लेखा समिति संयोजक सचिन्द्र दासको आतिथ्यता एवम् नेपाल सहकारी संस्था राजविराजका अध्यक्ष शत्रुधन प्रसाद गुप्ताको स्वागत मन्तव्यसँगै तालिम सुरु भएको हो ।

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक विश्वनाथ मण्डलले सहकारी बैंकले सहकारीका आवश्यकता अनुसारका व्यवहारिक तालिम सञ्चालन गर्दै गइरहेको बताउनुभयो । उहाँले तालिममा समावेश विषयवस्तुलाई गहन रुपमा ग्रहण गर्न सहभागीहरुलाई अनुरोध गर्नु भएको छ । तालिमलाई प्रशिक्षक तोयनाथ पोखरेलले सहजीकरण गर्नुभएको छ ।

बैंकको राजविराज शाखा प्रमुख बिष्णु प्रसाद पराजुलीको सञ्चालन गर्नु भएको तालिममा सप्तरीका २५ सहकारी संघ/संस्थाबाट २७ जना प्रतिनिधिहरु सहभागी छन् ।

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू