प्रतिभा सहकारीद्वारा ३६ युनिट रगत सकङ्लन

  • फाल्गुन २१, २०७५

पोखरामा रहेको प्रतिभा बचत तथा ऋण सहकारी संस्थाले ३६ युनिट रगत सङ्कलन गरेको छ ।

संस्थाको सातौँ वार्षिक उत्सवको अवसरमा सोमबार पोखरा महानगरपालिका १५, नयाँगाउँमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत सङ्कलन गरिएको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरी प्रशंसनिय कार्य गरेको बताउनुभयो ।

वडा सदस्य समेत रहनु भएका बानियाले पहिलो पटक आयोजना गरिएको उल्लेख्य कार्यमा वडाबासीको सहभागिताले संस्थाको भविष्य उज्वल रहेको भन्दै आगामी दिनमा प्रगतिको कामना समेत व्यक्त गर्नु भएको थियो । सहकारीले आफ्नो वार्षिकोत्सवलाई मध्यनजर गर्दै यहीँ फागुन १८ गते टोल सरसफाई कार्यक्रम गरिसकेको छ भने आगामी २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसर कानुनी सचेतना र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रम गरिने संस्थाका उपाध्यक्ष भिम कुमारी थापाले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय महिला दिवसको दिनमा कानुनी सचेतना अन्र्तगत भगवती पहाडी र यौन तथा प्रजनन स्वास्थ्य अन्र्तगत थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा गौतमले प्रशिक्षण गराउने कार्यक्रम रहेको अध्यक्ष गंगा बहादुर खड्काले बताउनुभयो । महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा वडाबासी सम्पुर्णलाई उपस्थित हुन आग्रह समेत गरिएको छ ।

रक्तदान कार्यक्रमा स्थानिय टोल विकास संस्था, आमा समुहहरु, युवा क्लब, थ्रि एन्जल्स नेपालका प्रतिनिधि र स्थानिय बासिन्दाहरुको सहभागिता रहेको सचिव रत्त बहादुर महतले जानकारी दिनुभयो ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू