थाईल्यान्डमा आयोजना हुने दुई भिन्न कार्यक्रममा सहकारी बैँक सहभागी

  • फाल्गुन २२, २०७५

यहीँ आउदो मार्च ७ देखी ८ सम्म बैंककको थाईल्यान्डमा कार्यकारी समितिको बैठक हुने भएको छ ।

एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि सञ्जाल (NEADAC) को आयोजनामा बैठक हुन लागेको हो । बैठकमा राष्ट्रिय सहकारी बैँकका तर्फबाट बैंकका अध्यक्ष के.वी. उप्रेती सहभागी हुने कार्यक्रम छ ।

कार्यकारी समितिको बैठकबाट रणनीतिक योजना तर्जुमा गरिनुका साथै आगामी कार्यदिशा एवम् सञ्चालन गर्ने विभिन्न कार्यक्रम लगायतका विषयमा छलफल हुने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । एसियन राष्ट्रका १६ संस्थाको सञ्जालबाट सुरु भएको नेडाकमा हाल २४ सदस्य संस्थाहरु आवद्ध छन् ।

यसैगरी, मार्च ६ देखि ११ सम्म बैँककको थाइल्यान्डमा सञ्चालन हुन गइरहेको कार्यक्रममा सहकारी बैँकले सहभागीता जनाउने भएको छ । अक्कुको आयोजनामा क्रेडिट युनियन सेलिब्रेटन अफ इन्टरनेशनल वमन्स डे २०१९ मा बैँकले सहभागी जनाउन लागेको हो ।

‘Better the Balance= Better the World’  भन्ने मूल नारा सहित सञ्चालन हुन गइरहेको कार्यक्रममा बैंकको तर्फबाट बैंकका सञ्चालक पार्वती थापा तथा बैंकको सदस्य संस्था सितापाईला बहूउद्देश्यीय सहकारी संस्थाबाट रमिला श्रेष्ठ र नेफ्स्कुनको तर्फबाट दीप्ती अधिकारीे सहभागि हुनु हुनेछ ।

कार्यक्रममा महिला सशक्तिकरण, महिलाद्वारा व्यवसाय सञ्चालन, लैङ्गीक समानताको लागि हुनुपर्ने कार्यहरु लगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया हुने जनाइएको छ । कार्यक्रममा विश्वभरका अक्कुका सदस्य संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता हुनेछ ।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू