सहकारी बैँकको कर्जा तथा अशुली व्यवस्थापन तालिम सुरु

  • चैत्र १, २०७५

राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय लगनखेलको आयोजनामा कर्जा तथा असुली व्यवस्थापन तालिम आजदेखि सुरु भएको छ ।

बैँकको २ दिनसम्म सञ्चालन हुने तालिम कार्यक्रम लखनखेलको सञ्चयकोष भवनमा सञ्चालन गरिएको हो । तालीम कार्यक्रम शुभारम्भको अवसरमा बोल्दै बैंकको लगनखेल शाखा प्रमुख रमा घिमिरेले बैंकले सदस्य संस्थाहरुलाई संस्थाको लगानी भएको कर्जा असुली व्यवस्थापन गर्न सक्षम बनाउन तथा वित्तिय रुपमा सहकारी संस्थाहरुमा आउने विभिन्न समस्या समाधान गर्न सहज होस भनी कर्जा तथा असुली व्यवस्थापन तालिमको आयोजना गरिएको जानकारी बताउनुभयो ।

प्रशिक्षक प्रमोद कुमार घिमिरेले सहजीकरण गर्नु भएको तालिममा ललितपुर क्षेत्रका बिभिन्न सहकारी संघ÷संस्थाहरुवाट ३१ जना प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू