सञ्जीवनी सहकारीद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • चैत्र ३, २०७५

हेटौंडा ५ पिप्लेमा रहेको सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाले ज्ञानोदय बालबाटिका बोर्डिङ स्कुलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत शनिबार हेटौंडा ५ मा रहेको स्कुलमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतको प्रमुख अतिथ्यतामा सञ्चालन भएको शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण, दन्त (दाँत) परिक्षण, मधुमेह (सुगर) परिक्षण, उच्च रक्तचाप (ब्लड प्रेसर ) परिक्षण गरिएको थियो ।

शिविरमा दुई सय चालिस जनाले मधुमेह, दुई सय ४३ जनाले उच्च रक्तचाप, ७८ जनाले दन्त र ९५ जनाले पाठेघरको मुखको क्यान्सरको परिक्षण गरिएको स्वास्थ्य शिविर कार्यक्रम संयोजक यम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । पाठेघरको क्यान्सर परिक्षणमा एक जनामा पोजेटिभ देखिएको छ भने ३ जनामा सम्भावित देखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो । विशेषज्ञहरुबाट शिविरमा सेवा दिइएको प्रमुख कार्कीले बताउनुभयो ।

शिविरमा कान्तिुपर डेण्टल क्लिनिक, मेरि स्टोप्प सेन्टर र मेलान मकवानपुर सहयोगी संस्थाको रुपमा रहेको थियो । कार्यक्रममा नेफ्स्कुनका मकवानपुर फिल्डका व्यवस्थापक ज्योती महत, सहकारी संस्थाका निवर्तमान अध्यक्ष पूर्णबहादुर खनाल, वडा ५ का वडा सदस्यहरु, संस्थाका शेयर सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू