साकोस एकीकरणले गुणात्मक सेवा दिनेमा सरोकारवालाको जोड

  • चैत्र ३, २०७५

साकोस एकीकरण भए गुणात्मक सेवा दिन सकिने दाङको घोराहीमा आयोजित साकोस एकीकरण गोष्ठीमा सहभागी वक्ताहरुले बताएका छन् ।

नेफ्स्कूनको आयोजना एवम जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड दाङको व्यवस्थापनमा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सञ्चालित १ दिवसीय गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले एकीकरणले सदस्यको दोहोरोपना हट्ने बताएका हुन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड दाङका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षता एवम नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, महासचिव चन्द्र प्रसाद ढकाल, लेखा संयोजक दामोदर अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा उहाँहरुले आ–आफ्नो ठाँउको सफल एकिकरणको उदाहरण दिदै अब साना, टुक्रे र कमजोर सहकारी बन्नुको साटो ठूला, बलिया र विश्वासिला सहकारी बन्नु पर्ने र सो को लागि एकीकरण नै उत्तम विकल्प भएको मत राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले दोलखाको जिरीमा भएको सफल एकीकरणको प्रसङ्ग उठाउदै एकतामा नै बल हुने बताउनुभयो । उहाँले एकीकरण गर्नका लागि सबैले आ–आफ्ना व्यक्तिगत स्वार्थहरु त्यागी साझा विचारमा आउनु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारी ऐन, सम्पत्ति शुद्धीकरण ऐन, कर समायोजन, दोहोरो सदस्यता, कोपोमिस, सफ्टवयर, नेफ्स्कूनको अन्तरलगानी कार्यक्रम सम्बन्धमा सहभागीहरुलाई जानकारी गराउँदै नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा सहभागी भई स्वस्थ साकोस निर्माण गर्न सहभागी साकोसकर्मीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य, उपसमिति सदस्य, ५ नं. प्रदेश भित्रका जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष एवम प्रतिनिधिहरु, सहकारीकर्मीहरु दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार लगायत गरी १ सय २० जनाको सहभागिता रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू