म्याग्दीका पाँच सहकारीबीच एकिकरण

  • चैत्र ३, २०७५

म्याग्दीका पाँचवटा सहकारी संस्थाबीच एकिकरण भएको छ ।

मालिका गाउँपालिकामा दरबाङ साकोस, फूलबारी साकोस, बेनीको कामना साकोस, मंगलाको बाबियाचौर बहुद्देश्य सहकारी र बेनी ४ स्थित सिँगा उपभोक्ता सहकारी संस्था तातोपानीबीच एकिकरण भएको हो । एकिकृत साधारणसभाले संस्थाको नाम पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था राख्ने निर्णय गरेको छ ।

साधारणसभाले सुरेन्द्रराज शर्माको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक, ऋण र लेखा समिति चयन गरेको छ । मर्जपछि संस्थाको तिन हजार ८ सयजना सदस्य भएको छ । संस्थाको शेयर पुँजी ५ करोड ७९ लाख ३८ हजार एक सय नौ रुपैँया रहेको छ ।

चालु आर्थिक वर्षको हालसम्मको निक्षेप सङ्कलन ३० करोड ६५ लाख २३ हजार ८ सय ८५ र ३२ करोड ७० लाख दुई हजार चार सय ५० रुपैँया कर्जा लगानी छ ।

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू