विश्वभरका युवा सहकारी उद्यमीलाई समर्थन गर्न जिसिईको सुरुवात

  • चैत्र ५, २०७५

अन्तर्राष्ट्रिय सहकारी विकासका लागि अन्तर्राष्ट्रिय सहकारी संस्था युरोप (ICA-EU) साझेदारीले न्यू ग्लोबल को–अपरेटिभ इन्टरप्रिन्यरस् प्रोजेक्ट (जि.सि.इ) सुरु (लन्च) गरेको छ ।

संस्थाले को–अपरेटिभ युरोप्स कुपस्टाटरको सफलताबाट प्रेरित भई विश्वभरिका युवा उद्यमीको सिर्जनालाई प्रोत्साहन तथा समर्थन गर्ने उद्देश्यले जि.सि.इ परियोजना सुरु गरेको हो । परियोजना विभिन्न आइ.सि.एका सहकारी संघ/संस्था र युवा संगठन बीचको बलियो साझेदारीमा निर्भर हुने विश्वास लिइएको छ ।

सहकारीलाई आर्थिक एकिकरण, सामाजिक समावेशिकरणका साथै युवा जनशक्तिलाई सशक्तिकरण गर्ने औजार र वर्तमान समयमा देखिएका चुनौतीहरुलाई नयाँ माध्यबाट प्रयोग र पत्ता लगाउने रुपमा चिनिरहदा युवा सङ्गठनले युवा सशक्तिकरणमा प्रमुख भूमिका प्रतिनिधित्व गर्ने (विशेषगरी युवापीडीलाई आवाज प्रदान गर्ने क्षमताको माध्यमबाट) र सक्रिय नागरिक बनाउने जनाइएको छ । सहकारी र युवा संगठनको साझेदारीले चुनौतीको सामना गर्न र युवा सहकारी उद्यमीको समर्थनमा सकरात्मक उत्प्रेरक बन्ने पनि विश्वास लिइएको छ ।

जि.सि.इ.ले बेलयातको म्यानचेस्टरमा मार्च १८ देखि २१ सम्म आफ्नो पहिलो तालिम कार्यक्रम आयोजना गरेको छ । को–अपरेटिभ कलेजले सञ्चालन गरेको उक्त प्रशिक्षकका लागि प्रशिक्षण तालिममा अन्तराष्ट्रिय सहकारी संस्था (आइ.सि.ए) का सदस्य र युवा संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

ICA Coop

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू