सहकारी महासंघद्वारा भारत जाने सहकारीकर्मीको बिदाई

  • चैत्र ८, २०७५

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले भारतमा सञ्चालन हुने ‘Competency Course for cooperative Leaders of Nepal’ तालिममा सहभागी सहकारीकर्मीको बिदाई गरेको छ ।

महासंघले हरियाणाको Fertilizer Marketing Development institute मा हुने तालिम कार्यक्रमका सहभागीलाई बिहिबार बिदाई गरेको हो । महासंघका अध्यक्ष केशवप्रसाद बडाल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सो अवलोकन अध्ययन भ्रमणमा सहभागी हुने टिमलाई विदाई गर्नुभयो ।

महासंघका अध्यक्ष बडालले इफ्कोसँग महासंघको सहमति अनुसार सो कार्यक्रम हरेक बर्ष हुने गरेको बताउँदै किसानका लागि इफ्कोले गरेको उदाहरणीय कार्य सिक्ने अवसर रहेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष कँडेलले नेतृत्व विकासलगायत भारतकै ठूलो मल उत्पादक सहकारीको विषयमा जानकारी हुने बताउनुभयो । उपाध्यक्ष मल्लले विश्वको ३ सय वटा ठूला सहकारीमध्ये भारतमा तीनवटा सहकारी रहेको बताउँदै इफ्को त्यो मध्येको एक भएको बताउनुभयो ।

महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले तालिमको विषयमा आवश्यक जानकारी दिनुभएको थियो । चैत ८ देखि १३ गतेसम्म संचालन हुने सो ट्रेनिङ्गबाट सहकारीका व्यवस्थापक तथा पदाधिकारीहरुको प्रतिस्पधातमक क्षमता अभिबृद्धि भई नेपालको सहकारी अभियानको सुदृढीकरण हुने विश्वास लिइएको छ ।

तालिम कार्यक्रमको टोलीमा ३६ जना सहकारीकर्मीको सहभागीता रहेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू