नेपाली सहकारीकर्मीका लागि भारतमा प्रशिक्षण कार्यक्रम

  • चैत्र १३, २०७५

भारतको हरियाणामा ‘Capacity building Training For cooperative Managers of Nepal’ तालिम कार्यक्रम आजदेखि सुरु भएको छ ।

तालिम कार्यक्रम हरियाणाको फर्टिलाइजर मार्केटिङ डेभलपमेन्ट इन्स्टीट्युटमा सुरु भएको हो । सहकारी महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले विश्वका तीन सय सहकारीभित्र इन्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ (इफ्को) पनि पर्ने बताउँदै इफ्कोको प्रशिक्षण केन्द्रमा महासंघको विशेष अनुरोधमा नेपाली सहकारीकर्मीका लागि प्रशिक्षण दिन थालिएको जानकारी दिनुभयो ।

नेपाल सहकारी जागरणको हिसाबमा माथिल्लो तहमा रहेको भए पनि व्यवसायिक हिसाबले अझै काम गर्न बाँकी रहेकाले तालिमबाट धेरै कुरा सिक्न सकिने विश्वास लिइएको छ । आजदेखि १८ गतेसम्म सञ्चालन हुने तालिममा नेपाल सहकारी पत्रकार समाजका सचिव तुलसी सुवेदीको समेत सहभागीता रहेको छ ।

तालिममा विभिन्न सहकारी संघ\संस्थाबाट ३५ जना सहकारीकर्मीहरु उपस्थिती रहेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू