तनहुँमा एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न

  • चैत्र २६, २०७५

तनहुँको व्यास नगरपालिका स्थित नवजन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैँक लिमिटेड दमौली शाखाको प्राविधिक सहयोगमा संस्थाको सभाहलमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहकारी ऐन २०७४ विस्तृत जानकारी साथै संस्था व्यवस्थापन, नीति नियमको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सहकारी ऐन २०७४ विस्तृत जानकारी साथै संस्था व्यवस्थापन, निति नियमको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमलाई बैँक शाखा व्यवस्थापन उपसमिति दमौलिका संयोजक अमरबहादुर कुवँर र दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले सहजिकरण गर्नु भएको थियो । संयोजक कुवँरले संस्थाको लागि आवश्यक पर्ने कर्मचारी प्रसासन नियमावली, सञ्चालकहरुको आचार संहिता, कर्जा तथा बचत निति तथा सहकारी ऐन २०७४ का मुलभूत विषयवस्तुका नमुना प्रति संस्थाका अध्यक्ष तिलबहादुर गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो ।

तालिम कार्यक्रममा नवजन सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, लेखा समितिका पदाधिकारीहरु अन्य उपसमितिका पदाधिकारीहरु र संस्थाका कर्मचारीहरु गरी जम्मा २० जनाको उपस्थिति रहको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू