सहकारी महासंघद्वारा हावाहुरी पीडितलाई ११ लाख ११ हजार सहयोग

  • चैत्र २९, २०७५

राष्ट्रिय सहकारी महासंघले बारा र पर्साको हावाहुरी पीडितको सहयोगका लागी ११ लाख ११ हजार एक सय ११ रुपैँया प्रदान गरेको छ ।

महासंघका अध्यक्ष केशव बडालको नेतृत्वको टोलीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम बराबरको चेक बिहिबार हस्तान्तरण गरेको हो । यो रकम महासंघको प्राकृतिक विपत्ति उद्दार कोषबाट दिइएको हो ।

कोषमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले एक लाख १० हजार एक सय ११, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ५५ हजार पाँच सय ५५, लालिगुरास बहुउद्देश्यीय सहकारीले ५० हजार एक सय ११ र रिलायबल बचतले १० हजार एक सय ११ रुपैयाँ जम्मा गरेको महासंघले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सहकारीले प्राकृतिक विपत्ति परेको समयमा सक्दो सहयोग गर्दै आएको भन्दै प्रशंसा गर्नु भएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू