झापामा तीन दिने नीति तथा कार्यविधि निर्माण कार्यशाला सम्पन्न

  • बैशाख २, २०७६

झापाको अर्जुनधारा ९, खुदुनावारीस्थित हाम्रो स्वावलम्बी सामाजिक महिला उद्यमी सहकारी संस्था लिमिटेडले आयोजना गरेको ३ दिने कार्यशाला सम्पन्न भएको छ ।

संस्थाको नीति तथा कार्यविधि निर्माण सम्बन्धि कार्यशाला, राष्ट्रिय सहकारी बैकको तालीम विभागको प्रविधिक सहयोग तथा हेफर ईन्टरनेशनलको वित्तिय सहयोगमा आइतबार सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधी तथा हाम्रो स्वालम्बी सहकारीका अध्यक्ष खड्गमाया पराजुलिले सहकारीका महत्वपुर्ण नीतिहरु तयार गर्न सकेकोमा खुसि व्यक्त गर्दै निर्माण गरिएका नीतिहरु सञ्चालक समितिको बैठकबाट पारित गरी कार्यन्वयन गर्ने बताउनुभयो ।

कार्यशालाबाट हाम्रो स्वावलम्बी सामाजिक महिला उद्यमी सहकारीका लागी आवश्यक सदस्यता सम्बन्धी नीति, सञ्चालक सम्बन्धी नीति, साधारण सभा तथा निर्वाचन नीति, बचत नीति, ऋण व्यवस्थापन नीति, मानव संसाधन व्यवस्थापन नीति, आर्थिक प्रशासन तथा लेखा नीति, सम्पत्ति शुद्धिकरण निवारण नीति तयार गरिएको छ । नयाँ बर्ष २०७६ को शुभकामना आदान प्रदान गर्दै समापन गरिएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव चन्द्रकला अधिकारी तथा अध्यक्षता संस्थाका अध्यक्ष खड्गमाया पराजुलिले गर्नुभएको थियो ।

बैंकका तालीम अधिकृत सुर्यप्रसाद रिमालले सहजिकरण गर्नुभएको कार्यशालामा सहकारीका सञ्चालक समिति, लेखा समिति, उपसमिति, कर्मचारी तथा सदस्यहरु सहित २५ जनाको सहभागीता रहेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू