पाँच तारा व्यक्तित्व सम्मानबाट यज्ञराज ढुङ्गेल सम्मानित

  • बैशाख २, २०७६

सहकारी अगुवा यज्ञराज ढुङ्गेल पाँचतारा व्यक्तित्व सम्मानबाट सम्मानित हुनु भएको छ ।

पुरानो सिनामंगल मनोहरनगरमा रहेको पाँच तारा बचत तथा ऋण सहकारीले ढुङ्गेललाई सम्मान गरेको हो । संस्थाको ११ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले ढुङ्गेललाई सम्मान पत्र तथा नगद १० हजार सहित सम्मान गर्नु भएको हो ।

दोलखा जिल्लामा जन्मिनु भएका ढुङ्गेल विगत २० वर्ष देखि सहकारी अभियानमा सकृय हुनुहुन्छ । ढुङ्गेलले स्थापना गरेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था एक्सेस ब्राण्ड प्राप्त संस्था हो । कार्यक्रममा संस्थाका अध्यक्ष भोलानाथ पाठकले संस्थाले विगत दश वर्ष देखि सहकारीमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको बताउनुभयो ।

उहाँले सहकारी अभियान तथा राज्यले सहकारीका अग्रज व्यक्तित्वहरुको उचित कदर नगर्दा सहकारीका सच्चा व्यक्तिहरु पलाएन हुने खतरा भएकोले संस्थाले सानै भएपनि यसको सुरुवात गरेको बताउनुभयो । उहाँले सहकारी संस्थाको सम्मानलाई अन्यथा नलिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा विगतमा पाँचतार वर्ष व्यक्तित्वबाट सम्मानित हुने सभासद घनश्याम खतिवडा, राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बास्कोटा, नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्ग, सहकारी विकाश वोर्डका पूर्व सहअध्यक्ष सरोजकुमार शर्मा, राष्ट्रिय सहकारी वैंककी सञ्चालक अमृता सुब्बा तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, राष्ट्रिय सहकारी बैकका अध्यक्ष केबी उप्रेती, नेफ्कूनका अध्यक्ष डि.बी बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू