अन्तर्राष्ट्रिय कार्यक्रममा सहकारी बैंक सहभागी

  • बैशाख ६, २०७६

क्यानडामा हुन लागेको WomenUs Mentorship Program (WMP) Increasing Wealth & Food Security through the Integrated Cooperative Business Model (INVEST Co-op) मा सहकारी बैंकले सहभागिता जनाउने भएको छ ।

The Co-operative Development Foundation of Canada (CDF Canada) को आयोजनामा अप्रिल २० देखि मे १७ सम्म क्यानडाको ओटावामा हुन लागेको कार्यक्रममा सहकारी बैँक सहभागी हुन लागेको हो । यस कार्यक्रममा महिला सशक्तिकरण, महिला द्वारा ब्यबसाय सञ्चालन, लैंगिक समानताको लागि हुनुपर्ने कार्यहरु लगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया हुनेछ ।

बैंकको तर्फबाट कार्यक्रममा कलङ्की शाखा प्रमुख अधिकृत सबिना बस्नेत सहभागी हुनु हुनेछ । सहभागी बस्नेतलाई बिहिबार बैंकको कर्पोरेट कार्यलयमा आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईं तथा उच्च व्यवस्थापन कर्मचारीहरुले कार्यक्रम सफलताको शुभकामना प्रदान गर्न भएको छ ।

कार्यक्रममा एशिया, अफ्रिका करेबियन तथा अमेरिका लगायत महादेशवाट २१ भन्दा बढ़ी राष्ट्रका सहकारीकर्मिहरुको सहभागिता रहने छ ।

 

 

 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू